काठमाडौं । अहिलेको समयमा स्मार्टफोन सबैको दैनिक जीवनको अहम् हिस्सा बनिसकेको छ । किन कि अहिलेको समयमा धेरैजसो काम मोबाइल फोनको सहयोगमा घर बसेरै पूरा गर्न सम्भव भएको छ। तर स्मार्टफोनमा बढ्दो निर्भरताको फाइदा ह्याकरहरूले उठाउन थालेका छन् ।
जसले मोबाइल प्रयोगकर्ताको फोनमा भाइरस राखेर बैंक अकाउन्ट खाली गर्नेदेखि सामाजिक सञ्जाल कब्जामा लिएर ब्ल्याकमेल सम्म गरिरहेका हुन्छन् । साथै नजिकका साथीभाइ तथा आफन्तसँग सापटीको नाममा पैसा मागेर ठगिरहेका हुन्छन् ।
यदि तपाईँलाई पनि यस्तै किसिमको चिन्ताले सताइरहेको छ भने आज हामी तपाईँलाई आफ्नो स्मार्टफोन कसरी भाइरसबाट मुक्त राख्ने वा जोगाउने भन्ने विषयमा बताउँदै छौँ । त्यसका लागि तपाईँले निम्न अनुसारका टिप्स पच्छ्याइन पर्ने हुन्छ ।
१. सबैभन्दा पहिला यो कुरा मनमा राख्नुहोस् कि कुनै पनि अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस् । साथै यस्ता कुनै लिङ्क खोल्ने गल्ती नगर्नुहोस् ।
२. यति मात्र होइन, यस्ता लिङ्कमा कुनै फाइल राखिएको छ भने त्यसलाई डाउनलोड गर्ने गल्ती पनि नगर्नुहोस् । किनकी यस्ता फाइलहरूमा भाइरस लोड गरिएको हुनसक्छ । जसले गर्दा तपाईँको फोन नै ह्याक हुन सक्छ ।
३. यदि तपाईँको फोनमा कुनै लिङ्क आउँछ र एप डाउनलोड गर्न लगाउँछ भने त्यसबाट पनि टाढा रहनुहोस् । किन कि यस्ता एप तपाईँका लागि भाइरसको जालो पनि हुन सक्छन् । जसले तपाईँलाई हानी गर्न सक्छन् ।
४. फ्री वाई-फाईको लोभमा अक्सर मानिसहरू पब्लिक वाई-फाईमा फोन कनेक्ट गराउँछन् । तर यसो गर्नु तपाईँका लागि आपत निम्त्याउने कारण बन्न सक्छ । किन कि निःशुल्क सेवाको लोभ देखाएर तपाईँलाई ह्याकरले भाइरसको जालोमा पार्न सक्छन् ।
५. आफ्नो फोनलाई मालवेयर तथा भाइरसबाट बचाउनका लागि तपाईँले आफ्नो मोबाइलमा राम्रो किसिमको एन्टिभाइरस समेत राख्न सक्नुहुन्छ । जसले भाइरसबाट हुन सक्ने जोखिमबाट तपाईँलाई जोगाउन सक्छ । यस्ता इन्टिभाइरसले जोखिमपूर्ण भाइरस आएको खन्डमा तपाईँलाई सचेत गराउने काम गर्दछन् ।
६. थर्डपार्टी एप डाउनलोड नगर्नुहोस् । यदि तपाईँ एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने त्यसमा थर्ड पार्टी एप अर्थात गुगल प्ले स्टोर बाहिरबाट समेत एप डाउनलोड गर्ने विकल्प दिइएको हुन्छ । यसरी एप डाउनलोड गर्नु सुरक्षाको हिसाबले जोखिमपूर्ण मानिन्छ ।
किन कि अन्य स्रोतबाट डाउनलोड गरिने एपहरू नक्कली, तुलनात्मक रुपमा असुरक्षित र भाइरसबाट ग्रसित हुन सक्छन् । आईफोनमा भने यसरी थर्ड पार्टी एप डाउनलोड गर्ने सुविधा हुँदैन । यहाँनिर विचारणीय कुरा के छ भने आईफोन एन्ड्रोइडको तुलनामा सुरक्षित मानिनुको पछाडि त्यसमा थर्ड पार्टी एप डाउनलोड गर्न नसकिने व्यवस्था पनि हो ।