close

क्रिप्टो कारोबार नियमन गर्न ब्राजिलमा नयाँ कानून

टेकपाना टेकपाना

बैशाख १७, २०७९ ७:२०

क्रिप्टो कारोबार नियमन गर्न ब्राजिलमा नयाँ कानून

काठमाडौं । ब्राजिल सरकारले देशमा क्रिप्टोकरेन्सी बजारलाई नियमन गर्न क्रिप्टोकरेन्सी विनियमावली जारी गरेको छ ।

क्रिप्टोकरेन्सी बजारमा हुनसक्ने गैरकानूनी गतिविधलाई नियन्त्रण गर्न र क्रिप्टो कारोबारलाई नियमन गर्दै उपभोक्ताको संरक्षण गर्न सो विनियमावली जारी गरिएको हो ।

विनियमावली अनुसार क्रिप्टोकरेन्सीको कारोबार ब्राजिलियन सेन्ट्रल बैंक र सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले निगरानी तथा नियमन गर्नेछन् ।

विनियमावलीमा उपभोक्ता संरक्षण लगायत क्रिप्टो कारोबारसँग जोडिएको गैरकानूनी काम, क्रिप्टो एक्सचेन्ज, वित्तीय आतंक तथा हात हतियारको संलग्नताको नियन्त्रणलाई पनि सम्बोधन गरेको छ ।

यो विनियमावलीले नन-फन्जिबल टोकन (एनएफटी) लाई भने समावेश गरेको छैन । यद्यपि सरकारले यसलाई छुट्टै प्रस्ताव राखेर सम्बोधन गर्ने अनुमान गरिएको छ ।

विश्वमा क्रिप्टोकरेन्सीलाई सुरुवाती चरणमा नै स्वीकारेर वैधानिकता दिने देशहरूमा ब्राजिल र इन्डोनेसिया पर्छन् । 

योसँगै ब्राजिलले चाँडै नै आफ्नै डिजिटल मुद्रा लागू गर्ने तयारी पनि गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२