close

टिकटक प्रतियोगिता गर्दै निर्वाचन आयोग, विजेताले ५० हजार पाउने

टेकपाना टेकपाना

बैशाख १८, २०७९ ८:१९

टिकटक प्रतियोगिता गर्दै निर्वाचन आयोग, विजेताले ५० हजार पाउने

काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक प्रतियोगिता गरेको छ ।

एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनसँग सम्बन्धित सन्देशमूलक भिडिओ प्रचार गर्न यस्ताे प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

आयोगले तयार पारेका विभिन्न सन्देशमूलक भिडिओहरूमा प्रतियाेगीले टिकटक बनाउन सक्नेछन् । आयोगको ट्वीटर, भाइबर, फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालमा यस्ता भिडिओ अपलोड भएका छन् ।

प्रतियाेगीले यस्ता भिडिओलाई टिकटक बनाई वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेसम्म फेसबुक, युट्युव, टिकटक लगायतका सामाजिक सञ्जालमा शेयर गर्नपर्ने जनाइएकाे छ ।

सो भिडिओमा ५० लाख वा त्योभन्दा बढी भ्युज पुर्‍याउने एकले ५० हजार, ३० लाख वा त्योभन्दा बढी भ्युज पुर्‍याउने एकले ३० हजार र २० लाख वा त्योभन्दा बढी भ्युज पुर्‍याउने एकले २० हजार रुपैयाँ पुरस्कार जित्नसक्ने आयोगले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२