close

महिलाका लागि एकदिने लाइभ ह्याकाथन  

टेकपाना टेकपाना

बैशाख १८, २०७९ ११:२३

महिलाका लागि एकदिने लाइभ ह्याकाथन  

काठमाडौं । अन्तर्राष्ट्रिय महिला सूचना तथा सञ्चार प्रविधि दिवस २०२२ को अवसरमा ‘वुमन इन इन्फरमेसन टेक्नोलोजी’ (सूचना प्रविधिमा महिला) ले महिलाहरूको लागि एकदिने लाइभ ह्याकाथन आयोजना गरेको छ । आज बिहान ८:३० बजेदेखि सुरु भएको लाइभ ह्याकाथन साँझ ५ बजेसम्म चल्नेछ । 

क्याप्चर द फ्ल्याग (सीटीएफ) प्रतियोगिता चार घण्टाका लागि रहनेछ । क्याप्चर द फ्ल्याग प्रतियोगिता एक विशेष प्रकारको साइबर सुरक्षा प्रतियोगिता हो, जसका सहभागीहरूलाई कम्प्युटरमा भएको सुरक्षा समस्याहरू समाधान गर्न वा कम्प्युटर प्रणालीहरूलाई रक्षा गर्न चुनौती दिन डिजाइन गरिएको हुन्छ । सोही अनुसार सहभागी टिमहरूले उक्त समस्या लाइभ समाधान गरेर देखाउनुपर्ने हुन्छ । 

सहभागीहरूले एकपछि अर्को गर्दै पार गरेको चरणका आधारमा केही पोइन्टस दिइनेछ । सोही पोइन्टहरूको आधारमा अन्तमा जसको पोइन्ट्स बढि हुनेछ उसैले प्रतियोगिता जित्नेछ ।

त्यसैगरी कार्यक्रममा पहिलो हुनेले भने १० हजार नगद पुरस्कार सहित बगभीको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

कार्यक्रममा दोस्रो हुनेले पाँच हजार रुपैयाँसहित बगभीको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने तेस्रो हुनेले तीन हजार रुपैयाँसहित बग हन्टिङ प्लेटफर्म बगभीको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२