close

फ्री फायर प्रतियोगिताको उपाधि ‘अभिषेक वाईटी’ टिमलाई

टेकपाना टेकपाना

बैशाख १९, २०७९ १४:१२

फ्री फायर प्रतियोगिताको उपाधि ‘अभिषेक वाईटी’ टिमलाई

काठमाडाैं । फ्री फायर नेपाल इन्भिटेसनल २०२२ को उपाधि ‘अभिषेक वाईटी’ टिमले जितेको छ । १२ खेलमध्ये पाँच खेलमा वोया (जित) निकाल्दै याे टिमले उपाधि हात पारेकाे हाे ।

यो टिमले १२ गेममा १२० किलसहित २३० प्वाइन्ट प्राप्त गरेकाे थियो । दोस्रो स्थानमा रहेको टोन्डे गेमर ई-स्पोर्टसको १२ गेममा एक वोया र ८७ किलसहित १६१ पोइन्ट रहेको थियो ।

त्यस्तै १५५ पोइन्ट सहित ट्रेन टु किल तेस्रो र १४२ पोइन्टसहित खुकुरी ई-स्पोर्टस चौंथो स्थानमा रहे ।

त्यसैगरी मुनलाइट ई-स्पोर्टस, ब्रोदरहुड, नेफोली एक्स क्रिउ, नयाँ नेपाल ई-स्पोर्टस, बेल्ला गेमिङ, टिम लाभा, विश्व मगर, राहुल गेमर क्रमशः पाँचौं, छैटौं, सातौँ, आठौं, नवौं, १०औँ, ११औं र १२औं स्थानमा रहे ।

May be an image of text that says 'FREEF RE NEPAL INVITATIONAL 2022 FINAL STANDINGS NAME BOOYAH! KILLS POINTS ABHISHEK YT 5 NAME 120 230 2. TONDE GAMER ESPORTS 7. BOOYAH! KILLS POINTS NEFOLI 87 CREW 161 TRAINED TO KILL 0 8. 43 2 99 89 NAYA NEPAL ESPORTS 155 KHUKURI ESPORTS 0 38 0 88 BELLA GAMING 72 142 MOONLIGHT ESPORTS 2 10. 21 2 TEAM LAVA 77 72 140 0 BROTHERHOOD 24 0 11. BSHOW MGR 60 63 107 0 12. 38 58 RAHUL GAMER 0 22 56'

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२