close

एप्पल वाच ८ मा शरीरको तापक्रम मापन गर्ने फिचर

टेकपाना टेकपाना

बैशाख २०, २०७९ १५:२५

एप्पल वाच ८ मा शरीरको तापक्रम मापन गर्ने फिचर

काठमाडौं । एप्पलले आफ्नो आगामी स्मार्टवाचमा शरीरको तापक्रम मापन गर्न सकिने फिचर उपलब्ध गराउने भएको छ । यसअघि कम्पनीले एप्पल वाच ७ सिरिजमै यो फिचर उपलब्ध गराउने तयारी गरेकाे थियाे ।

तर त्यसबेला एल्गोरिदम असफल हुँदा फिचर रोकिएको थियो । अब भने कम्पनीले शरीरको तापक्रम मापन गर्न सकिने सुविधासहित एप्पल वाच ८ सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही समय अघिमात्रै सामसङको ग्यालेक्सी वाच ५ मा थर्ममिटर सेन्सर उपलब्ध हुने कुरा बाहिरिएको थियो । त्यस्तोमा एप्पलले पनि आफ्ना प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराउने गरी तयारी गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कम्पनीले करिब ६ महिना अघिमात्रै एप्पल वाच ७ सिरिज सार्वजनिक गरेको थियो । नयाँ सिरिजका स्मार्टवाचको लागि केही समय अझै पर्खनुपर्ने छ । तर, त्यसमा आउनसक्ने फिचरहरू भने विस्तारै बाहिरिँदै छन् ।

त्यही क्रममा कम्पनीको आगामी प्रोडक्टमा शरीरको तापक्रम मापन गर्न मिल्ने फिचर उपलब्ध हुने विषय आएको हो । यो विषयमा कम्पनीले भने कुनै प्रतिक्रिया दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२