close

आईफोनमा यसरी ब्लक गर्नुहोस् मन नपर्ने मान्छेको फोन नम्बर 

टेकपाना टेकपाना

बैशाख २१, २०७९ १२:६

आईफोनमा यसरी ब्लक गर्नुहोस् मन नपर्ने मान्छेको फोन नम्बर 

काठमाडौं । स्पाम फोन कल अथवा ब्लफ कलबाट जोगिन स्मार्टफाेनमा फिचर उपलब्ध गराइएकाे हुन्छ । यसको माध्यमबाट आफूलाई मन नलाग्ने व्यक्तिहरूको फोन नम्बर अथवा अनावश्यक कल र म्यासेज आउने नम्बरलाई ब्लक गर्न सकिन्छ ।

कसैको फोन नम्बर ब्लक गरिसकेपछि सो नम्बरबाट कुनै फोन कल, म्यासेज वा फेसटाइमको रिक्वेस्ट आउँदैन । आईफोनमा नम्बर ब्लक गर्ने विभिन्न चरण छन् । 

१. आईफोनको फोन एपमा नम्बर ब्लक गर्नुहोस् 

– फोन एपमा क्लिक गर्नुहोस् ।

– रिसेन्ट अप्सनमा क्लिक गर्नुहोस् ।

-आफूले ब्लक गर्न चाहेको नम्बर खोज्नुहोस् र स्क्रिनमा दायाँतिर नम्बरसँगै भएको गोलो घेराभित्रको आई (i) आइकनमा क्लिक गर्नुहोस् ।

– स्क्रिनमा स्क्रोल गर्नुहोस् र सबैभन्दा अन्तिममा रातो रङ्गमा लेखिएको ‘ब्लक दिस कलर’ मा क्लिक गर्नुहोस् ।

२. आईफोनको म्यासेज एपबाट नम्बर ब्लक गर्नुहोस् 

यदि कसैले तपाईंलाई म्यासेजमार्फत दुर्व्यवहार गरिरहेको छ र तपाईं यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने सो व्यक्तिको नम्बर तपाईंले सिधै आईफोनको म्यासेज एपबाट ब्लक गर्नसक्नुहुन्छ । 

– म्यासेज एपमा गएर आफूलाई म्यासेज गर्ने व्यक्तिको म्यासेज ओपन गर्नुहोस् ।

– स्क्रिनको बीचमा देखिने नम्बरमा क्लिक गर्नुहोस् ।

– स्क्रिनको दायाँ कुनामा भएको इन्फो अप्सनमा क्लिक गर्नुहोस् ।

– स्क्रिनको सबैभन्दा तलपट्टि रातो रंगले लेखिएको ‘ब्लक दिस कलर’ मा क्लिक गर्नुहोस् ।

ब्लक गरेको नम्बर अनब्लक गर्न

– सेटिङ एपमा जानुहोस् ।

– फोन एपमा क्लिक गर्नुहोस् ।

– ब्लक्ड कन्ट्याक्टमा क्लिक गर्नुहोस् ।

– एडिट अप्सनमा क्लिक गर्नुहोस् र रातो रंगको माइनस आईकनमा क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२