close

फुडमाण्डुबाट खाना मगाई खल्तीबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने

टेकपाना टेकपाना

बैशाख २२, २०७९ १८:५५

फुडमाण्डुबाट खाना मगाई खल्तीबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । अब हरेक बिहीबार फुडमाण्डुबाट खाना मगाई खल्तीबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने भएको छ ।

‘थर्सडे ईज खल्ती डे’ भन्दै फुडमाण्डुले खल्तीसँगको सहकार्यमा यो अफर सञ्चालनमा ल्याएको हो ।

यस अफरअन्तर्गत बिहीबार फुडमाण्डुबाट खाना मगाएर खल्तीबाट त्यसको भुक्तानी गर्दा ग्राहकले १५ प्रतिशत (बढीमा १५०) रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्ने जनाइएको छ ।

कम्पनीका अनुसार यो अफर आउँदा जुलाई १४ तारिखसम्म मात्रै लागू हुनेछ । यसको अर्थ आउँदो जुलाई १४ सम्म पर्ने हरेक बिहीबार ग्राहकले यो अफरको फाइदा लिनसक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२