close

पासवर्डबिनाको लगइनका लागि एप्पल, गुगल र माइक्रोसफ्ट सहकार्य गर्दै

टेकपाना टेकपाना

बैशाख २३, २०७९ २०:२७

पासवर्डबिनाको लगइनका लागि एप्पल, गुगल र माइक्रोसफ्ट सहकार्य गर्दै

काठमाडौं । ठूला टेक कम्पनीबीच सहकार्य एकदम कम देख्न पाइन्छ । तर यो पटक भने प्रयोगकर्ताको सुरक्षाको विषयलाई विश्वका तीन ठूला कम्पनीले सहकार्य गर्ने भएका छन् ।

मोबाइल, डेस्कटप र ब्राउजरमा पासवर्ड सुरक्षा चुनौतिपूर्ण बन्दै गएको भन्दै एप्पल, गुगल र माइक्रोसफ्टले पासवर्डबिनाको लगइन फिचरको लागि सहकार्य गर्ने भएको छ ।

एक अध्ययनका अनुसार पासवर्ड लगइन भएका ८० प्रतिशत अकाउन्टहरू ह्याक हुने सम्भावना बढेको छ । टु फ्याक्टर अथेन्टिकेशन तथा पासवर्ड म्यानेजर लगायतका फिचरले पासवर्ड असुरक्षित हुनबाट धेरै हदसम्म रोक्न सक्छ तर पनि पासवर्ड चोरिनबाट जोगाउनु जटिल हुँदै गएको छ । यस्तो समस्यालाई समाधान गर्न यी तीन कम्पनीले पासवर्डबिनाको लगइनको लागि सहकार्य गर्न लागेका हुन् ।

तीनै कम्पनीले बिहीबार जारी गरेको एक संयुक्त विज्ञप्तिमा फिडो (फास्ट आइडेन्टिटी अनलाइन) अलायन्स र वर्ल्ड वाइड वेब कन्सोर्टियमबाट पासवर्ड-रहित साइन-इन स्ट्यान्डर्डको काम विस्तार गर्दै गरेको जानकारी दिइएको छ ।

यसको अर्थ हो प्रयोगकर्ताले चाँडै नै आफ्नो स्मार्टफोन प्रयोग गर्न वा कुनै एप तथा वेबसाइटमा लगइन गर्न कुनै पासवर्ड थिचिरहनुपर्ने छैन । प्रयोगकर्ताले आफ्नो स्मार्टफोन अनलक गर्न पासवर्डको सट्टा अहिले पनि प्रयोगमा नै रहेको फिंगरप्रिन्ट, फेसआईडीहरू मात्र प्रयोगमा आउनेछ ।  

साथै, फिडो साईन इन प्रमाणिकरण अन्य डिभाइस, वेबसाइट वा एपमा पनि प्रयोग गर्न सकिनेछ र यसको पटक पटक पासवर्ड थिचि रहनुपर्ने बाध्यता हट्नेछ । यो व्यवस्था अर्को वर्ष देखि लागू हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२