close

‘नियरबाई फ्रेन्ड्स’ सहित लोकेसनसँग सम्बन्धित फिचर बन्द गर्दै फेसबुक 

टेकपाना टेकपाना

बैशाख २४, २०७९ ७:४८

‘नियरबाई फ्रेन्ड्स’ सहित लोकेसनसँग सम्बन्धित फिचर बन्द गर्दै फेसबुक 

काठमाडौं । फेसबुकले नियरबाई फ्रेन्ड्स फिचर बन्द गर्ने भएको छ । जुन महिनादेखि लागू हुने गरी फेसबुकले आफ्नो परिवार तथा साथीहरूको लोकेसन थाहा पाउन सकिने फिचर ‘नियरबाई फ्रेन्ड्स’ बन्द गर्न लागेको हो ।

यो फिचर बन्द गर्नु पछाडिको कारण कम्पनीले नबताए पनि मे ३१ पछि यो फिचरसँग सम्बन्धित अन्य सम्पूर्ण विवरण पनि डिलिट हुने कम्पनीले बताएको छ ।

अहिलेदेखि नै केही आईओएस र एन्ड्रोइड प्रयोगकर्ताहरूले नियरबाई फिचर बन्द हुदैँछ भन्ने प्रकारका म्यासेजहरू पाउन थालिसकेका छन् ।

यो फिचर प्रयोग गरेर आफ्नो लोकेसन आफ्नो फेसबुकका साथीहरूसँग शेयर गर्न सकिन्थ्यो । तर अब भने यो फिचर बन्द हुने भएको छ ।

साथै यो फिचर सँग सम्बन्धित टाइभ अलर्ट, लोकेसन हिस्ट्री, ब्याकग्राउन्ड लोकेसन लगायतका फिचर पनि बन्द हुने कम्पनीले जनाएको छ ।

यद्यपि प्रयोगकर्ताले आफ्नो लोकेसन हिस्ट्री अगस्ट १ मा डाउनलोड गरेर भने राख्न सक्नेछन् । यसपछि भने यो फिचरसँग सम्बन्धित सम्पूर्ण डेटा सधैँका लागि हटाइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२