काठमाडौं । विन्डोज ११ मा कुनै पनि एप डाउनलोड गरिसकेपछि त्यसलाई अनइन्स्टल गर्नुपर्ने विभिन्न कारण हुन सक्छन् । स्टोरेज बढाउन होस् वा सो एप प्रयोगमा नआएको अवस्थामा होस्, हामीले त्यस्ता एप अनइन्स्टल गर्नुपर्ने हुन्छ ।
विन्डोज ११ मा आफूलाई अनावश्यक लागेका एप हटाउने धेरै विकल्प छन् । आज हामी त्यस्ता केही सजिला विकल्पका बारेमा चर्चा गर्दैछौं । तर, विचार गर्नुहोस् यसमा व्याख्या गरिएका सबै विधिले सबै एपका लागि काम नगर्न सक्छन् ।
केही बिल्ट-इन एप (कुनै पनि डिभाइसको सिस्टमका एप) लाई अनइन्स्टल गर्नुपरे यी विधि उपयुक्त नहुन सक्छ । त्यसका लागि तपाईंले कमान्ड प्रोप्ट प्रयोग गर्नुपर्ने हुन्छ ।
स्टार्ट मेनुबाट एप अनइन्सटल गर्ने तरिका
त्यस्ता केही एप, जो माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गरेर इन्स्टल गरिएका हुन्छन्, त्यस्ता एपलाई सरल तरिकाले स्टार्ट मेनुबाटै अनइन्स्टल गर्न सकिन्छ ।
तर, ठूला साइजका एप वा प्रोग्रामहरू, जसले विन्डोज रजिस्ट्री र सिस्टमको अन्य भागमा सेटिङ स्टोर गरेका हुन्छन्, त्यस्ता एपलाई अनइन्स्टल गर्न केही अन्य विकल्प अपनाउनुपर्छ । स्टार्ट मेनुबाट एप अनइन्स्टल गर्न तल दिइएका प्रक्रिया अपनाउनुहोस् ।
– स्टार्ट बटनमा क्लिक गर्नुहोस् ।
– तपाईंले अनइन्स्टल गर्न लागेको एप कता छ भन्ने कुरा पत्ता लगाउनुहोस् वा सर्च बारमा गएर एपको नाम सर्च गर्न सक्नुहुन्छ ।
– त्यसपछि राइट क्लिक गरेर अनइन्स्टल भन्ने अप्सन छान्नुहोस् ।
– अनइन्स्टटलमा क्लिक गरिसकेपछि तपाईंले एपसँग सम्बन्धित विभिन्न जानकारी हट्नेछन् भनिएको जानकारी देख्न सक्नुहुन्छ । त्यसपछि त्यो जानकारीको तल रहेको अनइन्स्टल अप्सनमा क्लिक गर्नुभयो भने तपाईंले अनइन्सटल गर्न चाहेको एप सिस्टमबाट हराउँछ ।
-यदि तपाईंले अनइन्स्टल गर्न चाहेको एप कम्प्लेक्स रहेछ भने अनइन्स्टल सेलेक्ट गरिसकेपछि तपाईं सिस्टमको कन्ट्रोल प्यानलमा पुग्नु हुन्छ ।
कन्ट्रोल प्यानलबाट एप हटाउने प्रक्रिया
यदि तपाईंलाई बियुल्ट-इन एप वा कम्प्लेक्स एप अनइन्स्टल गर्नुपर्यो भने तपाईंले यो प्रक्रिया अपनाउन सक्नुहुन्छ । सबैभन्दा पहिले कन्ट्रोल प्यानलमा जानुहोस् ।
– त्यसपछि आफूले अनइन्स्टल गर्न चाहेको प्रोग्राम वा एपमा राइट क्लिक गर्नुहोस् । त्यहाँ देखाइएको अनइन्स्टल अप्सनमा क्लिक गर्नुभयो भने तपाईंले सहजै एप अनइन्स्टल गर्न सक्नुहुन्छ ।
सेटिङबाट यसरी एप अनइन्स्टल गर्नुहोस
– सबैभन्दा पहिले सेटिङमा जानुहोस् ।
– त्यसपछि त्यहाँ बायाँ छेउमा रहेको एप अप्सनमा क्लिक गर्नुहोस् ।
– त्यसपछि एप एण्ड फिचर अप्सनमा क्लिक गर्नुहोस् ।
– त्यसलाई तलतर्फ स्क्रोल गर्नुभयो भने तपाईंले फोनका सम्पूर्ण एपहरू देख्न सक्नुहुन्छ ।
– आफूले हटाउन चाहेको एपमा राइट क्लिक गर्नुहोस् ।
– त्यसपछि तपाईं अनइन्स्टलको अप्सन देख्नुहुन्छ । त्यसमा क्लिक गर्नुभयो भने एप अनइन्स्टलको प्रक्रिया अघि बढ्छ ।