काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममा नन–फन्जिबल टोकन (एनएफटी) थपिने भएको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसारीले यसै साताबाट इन्स्टाग्राममा एनएफटी उपलब्ध हुने जानकारी दिएका हुन् ।
‘क्रियटर मन पर्ने काम गरेर जीवनयापन गर्न मद्दत पुर्याउनका लागि यो फिचर उपलब्ध गराउन लागिएको हो,’ मोसारीले ट्वीटरमा भिडियो ट्वीट गर्दै भनेका छन्, ‘चाँडै यो फिचर फेसबुकमा समेत उपलब्ध हुनेछ ।’
NFTs on Instagram 🎉
— Adam Mosseri (@mosseri) May 9, 2022
This week we’re beginning to test digital collectibles with a handful of US creators and collectors who will be able to share NFTs on Instagram. There will be no fees associated with posting or sharing a digital collectible on IG.
See you next week! ✌🏼 pic.twitter.com/VuJbMVSBDr
उनले फेसबुकमा एनएफटी कहिलेबाट उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन् । तर, इन्स्टाग्राम भने प्रयोगकर्ताले आफ्नो युनिक डिजिटल प्रोडक्ट इन्स्टाग्राम फिड, स्टोरिज र म्यासेजमा ‘डिजिटल कलेक्टीबलेस’ ट्याग गरी राख्न सक्नेछन् ।
‘डिजिटल कलेक्टीबलेस’ मा क्लिक गरेर प्रयोगकर्ताले उक्त डिजिटल प्रोडक्टको मालिकका बारेमा जानकारी लिन सक्ने जनाइएको छ । कम्पनीका अनुसार यो फिचर पहिलो चरणमा केही प्रयोगकर्तालाई मात्रै उपलब्ध हुनेछ । विस्तारै यसमा थप फिचरहरू उपलब्ध गराउँदै यसको दायर विस्तार हुनेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
