काठमाडौं । फेसबुक म्यासेन्जरमा आफूले पठाएको वा अन्य व्यक्तिबाट आएको च्याटमा रियाक्सन गर्न मिल्ने फिचर छ । यसबाट म्यासेन्जरमा भइरहेको कुराकानीको प्रकृति हेरी च्याटमा त्यही अनुसारको रियाक्ट गर्न सकिन्छ ।
म्यासेन्जर च्याटमा रियाक्ट गर्न डिभाइसअनुसार फरक तरिका छन् । यदि तपाईं कम्प्युटरमा फेसबुक प्रयोग गर्नुहुन्छ र त्यसबाट च्याटमा रियाक्ट गर्नुपर्यो भने सो टेक्स्टको छेउमा माउसको क्रसर लग्नुहोस् ।
त्यसपछि त्यहाँ इमोजी, शेयरको आइकन र तीनवटा डट देख्न सकिन्छ । त्यहाँ रहेको इमोजी आइकनमा क्लिक गरेर तपाईंले आफूलाई उपयुक्त लागेको इमोजी रियाक्टका रूपमा पठाउन सक्नुहुन्छ ।
त्यस्तै म्यासेन्जर एपमा म्यासेज रियाक्ट गर्नुर्यो भने सो म्यासेजमा केही समयसम्म ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि माथि विभिन्न इमोजीहरू देख्न सकिन्छ । त्यहाँ भएका इमोजीमध्ये उपयुक्त इमोजी ट्याप गरेर रियाक्टका रूपमा पठाउन सकिन्छ ।
कतिपय अवस्थामा म्यासेजमा झुक्किएर गलत रियाक्ट गरिन्छ । जस्तो कुनै व्यक्तिसँग म्यासेन्जरमा गम्भीर विषयमा कुराकानी हुँदैछ । त्यसमा दुःखी भएको रियाक्ट गर्नुपर्नेछ ।
तर, झुक्किएर हाँसोको इमोजी रियाक्ट गरियो । त्यस्तो अवस्थामा आफूले गरेको रियाक्टको अनर्थ लाग्नुपूर्व नै हटाउन आवश्यक हुन्छ । कतिपय यस्ता घटना पनि हुन सक्छन्, जहाँ म्यासेजमा गरिएको रियाक्टले भित्रभित्रै अर्कै रूप लिएर कुराकानी नै खल्लो बनाइदिएको हुन्छ ।
त्यस्तो अवस्थामा म्यासेजमा गरिएको रियाक्ट हटाउनुपर्ने हुन्छ । म्यासेन्जर च्याटमा गरिएको रियाक्ट कसरी हटाउने भन्नेबारे जानकारी सबैलाई थाहा नहुन सक्छ ।
आज हामी म्यासेन्जर च्याटमा गरिएको रियाक्ट कसरी हटाउने भन्ने विषयमा चर्चा गर्दैछौं ।
यदि तपाईंलले ब्राउजरमा फेसबुक प्रयोग गरेर च्याट गरिरहनु भएको छ र झुक्किएर अर्को इमोजी रियाक्ट गर्नुभयाे भने पुनः रियाक्ट गरिएको म्यासेजको छेउमा माउसको क्रसर लगेर इमोजीको आइकनमा क्लिक गर्नुहाेस् ।
त्यसपछि आफूले पहिले छानेको रियाक्टलाई पुनः क्लिक गरी सहजै हटाउन सकिन्छ ।
त्यस्तै यदि म्यासेन्जरबाट च्याटमा गरिएको रियाक्ट हटाउनुपर्यो भने तपाईंले रियाक्ट गरेको च्याटमा केही समय ट्याप गर्नुपर्छ । त्यसपछि पहिले छानेको इमोजीमा ट्याप गरी साे रियाक्ट हटाउन सकिन्छ ।