close

कस्तो होला सामसङ ग्यालेक्सी जेड फोल्ड फोर ?

टेकपाना टेकपाना

जेठ १, २०७९ १४:०

कस्तो होला सामसङ ग्यालेक्सी जेड फोल्ड फोर ?

काठमाडौं । पछिल्लो पटक फोल्डिङ फोनको बजार राम्रो भएपछि सामसङले फोल्डिङ फोनहरूलाई प्राथमिकता दिन थालेको छ । प्रयोगकर्तामाझ पनि सामसङले अबको फोल्डिङ फोन कस्तो ल्याउला भन्ने उत्सुकता छ ।

यसैबीच सार्वजनिक हुनका लागि तयारी अवस्थामा रहेको सामसङ ग्यालेक्सी जेड फोल्ड फाेर स्मार्टफोनको केही विवरण बाहिरिएको छ । डिजाइनको हिसाबले ग्यालेक्सी जेड फोल्ड थ्रीको जस्तै हुने बताइएको यो फोनको क्यामेरामा भने नयाँ अपडेट हुने बताइएको छ ।

तीनवटा क्यामेरा सेटअप भएको फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित १२ मेगापिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको तीन गुणासम्म जुम गर्नसक्ने टेलिफोटो क्यामेरा उपलब्ध हुनेछ ।

योसँगै फोनमा ६.२ इन्चको बाहिरी डिस्प्ले र ७.६ इन्चको भित्री डिस्प्ले हुने पनि बताइएको  छ । फोनमा स्न्यापड्रागन ८ जेन १ चिपसेट प्रयोग हुनेछ भने यसमा ४,४०० एमएएच ब्याट्री उपलब्ध गराइनेछ ।

यो फोनमा एस पेनका लागि भने छुट्टै स्लट दिइएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२