काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमा ‘बालेन शाह’ शब्द नेपालमा धेरै दिनदेखि ट्रेन्डिङमा छ । स्थानीय निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाकाे मेयर पदका स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र शाह उर्फ ‘बालेन’ जारी मतगणनामा पनि अग्रस्थानमा छन् ।
मतगणना सुरू भएदेखि नै उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई उछिनिरहेका छन् । याेसँगै उनीबारे अनलाइन र सामाजिक सञ्जालमा थप चर्चा भइरहेकाे छ ।
मतपरिणाम नआउँदै सामाजिक सञ्जाल उनीबारे गरिएका पोस्टले भरिएका छन् । अधिकांश युवा सामाजिक सञ्जाल प्रयोगकर्ताको साथ पाएका बालेन मतगणनासँगै ट्वीटर ट्रेन्डिङमा पनि पहिलाे स्थानमा छन् ।
मतगणनामा जस्तै ट्वीटर ट्रन्डिङमा पनि ‘बालेन शाह’ पछि ‘केशव स्थापित’ काे नाम छ । ट्वीटरमा अधिकांशले मतपरिणामसँग सम्बन्धित ट्वीट गर्दा यी दुवैको नाम ट्रेन्डिङमा आएको हो ।

ट्वीटरमा अधिकांशले बालेनकाे समर्थन र प्रशंसामा ट्वीट गरिरहँदा अन्य मेयर उम्मेदवारले भने मुस्किलले सहानुभूति पाएका छन् ।
कतिपय प्रयोगकर्ताले ट्वीटरमै उम्मेदवारको मत सर्वेक्षण गरेका छन् ।
यसका साथै अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा पनि काठमाडौं महानगरका उम्मेदवार र मतपरिणामलाई लिएर पोस्ट तथा अन्तर्क्रिया भइरहेको छ ।
चुनावको बेला प्रतिस्पर्धीलाई नहोच्चाइ, आलोचना नगरि, सम्मान र आदर गरेर आफ्नो प्रचार प्रसार गर्नुनै सफल राजनीतिक बाटो हो । राजनीतिलाई कदापी ब्यापार हुन दिनु हुँदैन । #LocalElections2022 #BalenShah
— अन्जित सिवाकोटी (@tweet4anzit) May 15, 2022
निर्वाचन बलेन्द्र (बलेन) को ट्रेलर त सुन्दर नै आयो
— Mahendra Shrestha (@maleenxresta) May 15, 2022
अब पूरा चलचित्र तथा अन्त्य कस्तो हुने हो#BalenShah#LocalElections2022 #Kathmandu
मतगणनाको प्रारम्भिक रुझानपछि काठमाडौं महानगरको मेयरमा को निर्वाचित हुने सम्भावना देख्नुहुन्छ ? तपाईको मत राख्नुस #BalenShah #KeshavSthapit #SrijanaSingha #LocalElections2022 #kathmandumayor
— Rawbin Kr Karki (@Ekalomanchhe) May 15, 2022
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
