close

विज्ञापनका लागि कराेडाैं प्रयाेगकर्ताकाे डेटा शेयर हुँदै

टेकपाना टेकपाना

जेठ ३, २०७९ १५:५६

विज्ञापनका लागि कराेडाैं प्रयाेगकर्ताकाे डेटा शेयर हुँदै

काठमाडौं । विज्ञापनका लागि कराेडाैं इन्टरनेट प्रयोगकर्ताको डेटा शेयर भइरहेको अध्ययनले देखाएको छ । आइरिस काउन्सिल फर सिभिल लिबर्टी (आईसीसीएल) का अनुसार प्रयोगकर्ताको डेटा औसतमा दैनिक ३७६ पटक शेयर हुने गरेको छ ।

युरोपेली प्रयोगकर्ताको हकमा यो संख्या ३७६ भएपनि अमेरिकी प्रयोगकर्ताको हकमा ७४७ पटक हुने गरेको बताएइको छ । विभिन्न कम्पनीहरुले प्रयोगकर्ताको डेटा संकलन गरी त्यस्ता डेटा विज्ञापनदातालाई उपलब्ध गराउँदै आएका छन् । त्यसरी हुने डेटा शेयरमा दैनिक ३ सय ७३ पटक हुने गरेको जनाइएको छ ।

यो अध्ययनसँगै आईसीसीएलले डिजिटल एड एजेन्सीविरुद्ध मुद्दा दायर गर्ने तयारी समेत गरेको छ । संस्थाले यो खालको डेटा लिकमा हालसम्म कसैको ध्यान नगएको भन्दै डेटा प्रोटेक्सन कमिसनमा मुद्धा दायर गर्न लागेको हो ।

संस्थाका अनुसार डेटा एड एजेन्सीका ब्रोकर कम्पनीहरुसँग बिक्री भइरहेको छ । उनीहरुले उक्त डेटाका आधारमा बिड गर्दै आएका छन् ।

त्यसरी डेटा शेयर हुनेमा प्रयोगकर्ताको अनलाइनमा हुने क्रियाकलाप, उनीहरुले अनलाइनमा के हेरिरहेका छन् भन्ने जानकारी समावेश रहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२