close

चर्चित पीसी गेम ‘एपेक्स लेजेन्ड’ आजदेखि स्मार्टफोनमा पनि खेल्न पाइने

टेकपाना टेकपाना

जेठ ३, २०७९ १८:१५

चर्चित पीसी गेम ‘एपेक्स लेजेन्ड’ आजदेखि स्मार्टफोनमा पनि खेल्न पाइने

काठमाडौं । बहुचर्चित पीसी गेम ‘एपेक्स लेजेन्ड’ अब स्मार्टफोनमा पनि खेल्न पाइने भएको छ ।

गेम निर्माता कम्पनी इलेक्ट्रोनिक आर्टले मंगलबारदेखि एन्ड्रोइड र आईओएस प्लेटफर्ममा यो गेम औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

यसअघि स्मार्टफोन प्रयोगकर्ताका लागि गेमको बेटा भर्सन उपलब्ध गराइएको थियो ।

कम्पनीका अनुसार गेम खेल्नका लागि प्रि-रजिस्ट्रेसन गर्ने प्रयोगकर्ताले विशेष गेम रिवार्ड पाउनेछन् । जसमा ब्लडहउन्ड ब्यानर फ्रेम, ब्लडहउन्ड ब्यानर पोज, फाउन्डर ब्याज, आर नाइन्टीनाइन इपिक स्किनजस्ता रिवार्ड समावेश गरिएको छ ।

यो गेम खेल्न स्मार्टफोनमा न्यूनतम २ जीबी र्‍याम र ४ जीबी स्टोरेज हुनुपर्ने जनाइएको छ । साथै स्न्यापड्रागन ४३५ वा मिडियाटेक हेलियो पी२० वा त्यसमाथिका प्रोसेसरमा चल्ने फोनमा यो गेम खेल्न सकिन्छ ।

स्मार्टफोनमा यो गेम डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२