close

आउँदो मंगलबार सार्वजनिक हुँदै रेड्मी नोट ११ टी प्रो सिरिजका स्मार्टफोन

टेकपाना टेकपाना

जेठ ५, २०७९ ११:४२

आउँदो मंगलबार सार्वजनिक हुँदै रेड्मी नोट ११ टी प्रो सिरिजका स्मार्टफोन

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नोट सिरिज अन्तर्गत नयाँ स्मार्टफोन नोट ११ टी प्रो सार्वजनिक गर्ने भएको छ । कम्पनीले चिनियाँ बजारमा आउँदो मंगलबार यो स्मार्टफोन सार्वजनिक गर्ने भएको हो ।

पोस्टर सार्वजनिक गर्दै कम्पनीले नोट ११ टी प्रो सिरिजका स्मार्टफोन सार्वजनिक हुने विषयमा जानकारी दिएको हो । सो दिन नोट ११ टी प्रो र नोट ११ टी प्रो प्लस सार्वजनिक हुनेछ । स्मार्टफोन सार्वजनिक हुने जानकारी दिएसँगै कम्पनीले यी फोनको प्रि–बुकिङ समेत खुलाएको छ ।

Redmi Note 11T Pro Series

कम्पनीको आधिकारिक वेबसाइटमार्फत प्रयोगकर्ताले नोट ११ टी प्रो र नोट ११ टी प्रो प्लसको प्रि–बुक गर्न सक्नेछन् । कम्पनीले सार्वजनिक गरेको पोस्टरलाई आधार मान्ने हो भने फोनको पछाडि भागमा ट्रिपल क्यामेरा सेटअप रहेको छ । भने, फोन दुई कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

हालसम्म प्राप्त जानकारी अनुसार फोनमा ६.६ इन्चको फुल एचडी प्लस डिस्प्ले रहनेछ । एन्ड्रोइड १२ ओएसमा आधारित फोनमा १२ जीबी र्‍याम र ५१२ जीबी रोम उपलब्ध हुनेछ । भने, फोनमा मिडियाटेकको नयाँ चिपसेट डाइमेन्सिटी ८००० प्रोसेसर उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२