close

फाइभजीमा चिनियाँ कम्पनी ह्वावे र जेडटीईलाई प्रतिबन्ध लगाउँदै क्यानडा

टेकपाना टेकपाना

जेठ ६, २०७९ १०:४६

फाइभजीमा चिनियाँ कम्पनी ह्वावे र जेडटीईलाई प्रतिबन्ध लगाउँदै क्यानडा

काठमाडौं । क्यानडा सरकारले चिनियाँ दूरसञ्चार पूर्वाधार कम्पनी ह्वावे र जेडटीईलाई फाइभजीमा प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रिय सुरक्षाको विषयलाई लिएर अमेरिकी सरकारले तिन वर्ष अघि लगाएको प्रतिबन्धलाई आत्मासाथ गर्दै क्यानडाले पनि ह्वावे र जेडटीईलाई दूरसञ्चार पूर्वाधारमा प्रतिबन्ध लगाउने भएको हो ।

बिहीबार क्यानडाका आविस्कार, विज्ञान तथा उद्योग मन्त्री फ्रान्सिस फिलिप स्याम्पेनले ह्वावे र जेडटीईलाई क्यानडाको दूरसञ्चार सिस्टममा प्रतिबन्ध लगाउने तयारीमा सरकार रहेको बताएका छन् ।

‘फाइभजीका साथै हाल प्रयोग हुँदै आएको ह्वावे र जेडटीईको दूरसञ्चार पूर्वाधार समेत सेवा प्रदायकले हटाउनु पर्नेछ,’ उनले भने, ‘फोरजीमा प्रयोग भएको पूर्वाधार समेत हटाउनु पर्नेछ । त्यसका लागि संघीय सरकारले सरकारले कुनै किसिमको सहयोग समेत उपलब्ध गराउने छैन् ।’

पछिल्लो समय अमेरिका र अमेरिकी सहयोगी राष्ट्रहरूले राष्ट्रिय सुरक्षाका लागि भन्दै ह्वावेलाई प्रतिबन्ध लगाउँदै आएका छन् । ह्वावेले आफ्नो पूर्वाधारमार्फत चिनियाँ सुरक्षा निकायलाई विश्वको जानकारी संलकन गर्न मद्दत गर्दै आएको दावी उनीहरूको छ । यस्तोमा अमेरिकाले चालेको कदममा क्यानडा पनि समावेश हुने भएको हो । यसअघि पनि युरोपका कतिपय देशले ह्वावेलाई फाइभजी पूर्वाधारमा प्रतिबन्ध लगाइ सकेका छन्  । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२