close

पीएमपीएलको पहिलो दिनको खेल सकिँदा नेपाली पब्जी टिम ज्यानमारा दोस्रो स्थानमा

टेकपाना टेकपाना

जेठ ६, २०७९ १५:६

पीएमपीएलको पहिलो दिनको खेल सकिँदा नेपाली पब्जी टिम ज्यानमारा दोस्रो स्थानमा

काठमाडौं । बिहीबारदेखि पब्जी मोबाइलको अर्को दक्षिण एसियाली प्रतिस्पर्धा सुरु भएको छ । चार दिनसम्म चल्ने ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिप’को पहिलो दिनको खेल सम्पन्न भएको छ ।

पहिलो दिन सबै टिमको सबै ६ खेल सकिँदा मंगोलियन टिम स्टलवार्ट ई-स्पोर्टस १५ इलिमिनेसन र दुई चिकेन डिनर सहित ९८ पोइन्टका साथ पहिलो स्थानमा छ । त्यस्तै नेपाली टिमहरूको कुरा गर्नुपर्दा  ज्यानमारा ई-स्पोर्टस दुई चिकेन डिनर र ३४ इलिमिनेसन सहित गरेर ७८ पोइन्टका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै डीआरएस गेमिङ ३१ इलिमिनेसन र जेरो चिकेन डिनर सहित ६९ पोइन्टका साथ तेस्रो र डेडआई गाइज २४ इलिमिनेसन र जेरो चिकेन डिनर सहित ४९ पोइन्टको साथ पाँचौ नम्बरमा छ ।

अन्य नेपाली टिमहरूको कुरा गर्नुपर्दा टीटुके, स्काइलाइट गेमिङ र हाई भोल्टेज क्रमशः सातौँ, आठौँ र १६ औँ स्थानमा रहेका छन् । यो प्रतियाेगिताकाे कूल पुरस्कार राशी एक लाख ५० हजार अमेरिकी डलर (एक कराेड ८६ हजार रूपैयाँ बढी) रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२