close

कुन फोन चलाउँछन् बिल गेट्स ?

टेकपाना टेकपाना

जेठ ९, २०७९ १४:३

कुन फोन चलाउँछन् बिल गेट्स ?

काठमाडौं । संसारमा चर्चित व्यक्तिहरूको निजी जिन्दगीबारे हामी धेरैलाई चासो हुन्छ । केही समय अगाडिसम्म विश्वकै धनाढ्य व्यक्तिको रुपमा चर्चित माइक्रोसफ्टका संस्थापक बिल गेट्स आज पनि उत्तिकै चर्चित छन् ।

उनको व्यक्तिगत कुरा जान्न मानिसहरू निकै इच्छुक हुन्छन् । हालैमात्र गेट्सले आफूले प्रयोग गर्ने स्मार्टफोनबारे खुलासा गरेका छन् ।

सामान्यतया धनी मान्छेहरूले एप्पलका उत्पादन प्रयोग गर्छन् भन्ने सोचाइ छ । यद्यपि गेट्सको सन्दर्भमा भने यस्तो छैन । वास्तवमा न उनी आईफोन बोक्छन् न त माइक्रोसफ्टको फोल्डेबल फोन ‘सर्फेस डुओ’ नै प्रयोग गर्छन् ।

गत हप्ता आयोजित रेडडिट आस्क मी एनिथिङ नामक एक कार्यक्रममा बिल गेट्सले आफूले प्रयोग गर्ने स्मार्टफोनको विषयमा बोलेका छन् ।

उनी अहिले कोरियाली कम्पनी सामसङको स्मार्टफोन प्रयोग गर्छन् । गेट्सले हाल सन् २०२१ मा कम्पनीले सार्वजनिक गरेको फोल्ड गर्न मिल्ने स्मार्टफोन सामसङ ग्यालेक्सी फोल्ड थ्री प्रयोग गरिरहेका छन् ।

यो फोनलाई उनले कम्प्युटर र मोबाइल दुवैको रुपमा काम गर्न सक्ने भएको कारण सामसङको यो मोडेल प्रयोग गरिरहेको उनले बताएका थिए ।

केही समयअगाडि क्लब हाउससँगको अडियो अन्तर्वार्ताका क्रममा उनले आफू आईओएसभन्दा पनि एन्ड्रोइड फोन प्रयोग गर्न मन पराउने बताएका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२