close

फोनपेलाई आईएसओ २७००१ः२०१३ मान्यता

टेकपाना टेकपाना

जेठ ९, २०७९ १८:५७

फोनपेलाई आईएसओ २७००१ः२०१३ मान्यता

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड आईएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण भएको छ ।

सेवामा उच्च गुणस्तरीयता प्रदान गरेको हुनाले आईएसओ (इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट) २७००१ः२०१३ बाट प्रमाणपत्र पाएको कम्पनीले जनाएको छ ।

यस किसिमको प्रमाणीकरणले फोनपेको दायरा अन्तर्गत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डेटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित भएकाे फाेनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले बताए ।

‘फोनपे आमग्राहकले सुरक्षित तवरले कारोबार गर्न सकून् भन्ने कुरामा प्रतिबद्ध छ । त्यसका लागि कम्पनीले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको छ । आउँदा दिनमा पनि हामी निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउँदै जानेछौँ,’ उनले भने ।

फोनपले यसअघि पनि डेटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डेटा सुरक्षा मापदण्ड’ (पीसीआई डीएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२