close

ब्याट्री थप्न मिल्ने सेगवेका इलेक्ट्रिक स्कुटर

टेकपाना टेकपाना

जेठ १०, २०७९ १४:११

ब्याट्री थप्न मिल्ने सेगवेका इलेक्ट्रिक स्कुटर

काठमाडौँ । नेपाली बजारमा सेगवे ब्राण्डले आफ्ना दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन उपलब्ध गराउँदै आएकाे छ । कम्पनीले हाल ‘ई-१००’ र ‘ई-१२५’ गरी दुई माेडलका विद्युतीय स्कुटर बिक्री गरिरहेकाे छ ।

सेगवेको ‘ई-१००’ मोडल गत माघदेखि बिक्री भइरहेकाे छ भने ‘ई-१२५’ माेडल चैतदेखि बिक्री भइरहेकाे छ ।

२४०० वाट क्षमताको बुशलेस (bushless) मोटर जडान भएको सेगवेको मोडेल ‘ई-१००’ स्कुटरमा २० एम्पियरको लिथियम ब्याट्री राखिएको छ । यो स्कुटरले १५० एनएम टर्क उत्पादन गर्दछ ।

एकपटक पूर्ण चार्ज हुन आठ घण्टा लाग्ने यो स्कुटरले अधिकतम ६०-१०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

यो स्कुटरमा अधिकतम ५८ किलोमिटर प्रति घण्टाको स्पिडमा यात्रा गर्न सकिन्छ । रातो, निलो, कालो र सेतो गरी चार रङ्गमा उपलब्ध ‘ई-१००’ मोडल स्कुटरको ग्राउन्ड क्लियरेन्स १३० एमएम अर्थात् ५.१२ इन्च रहेको छ ।

ब्याट्रीसहित ८० किलोग्राम वजन भएको ई-१०० मोडल भार क्षमता अधिकतम १५० किलोग्राम रहेको छ । त्यस्तै, ३६०० वाट क्षमताको ‘बोस’ (BOSCH) मोटर राखिएको सेगवेको मोडेल ई-१२५ स्कुटरमा २७ एम्पियरको लिथियम ब्याट्री जडान भएको छ ।

सन् २०२० रेड डट डिजाइन अवार्ड विजेता बन्न सफल ‘ई-१२५’ स्कुटर सेगवे नाइनबटद्धारा बनाइएको ई-सिरिज अन्तर्गतको पहिलो स्कुटर हो ।

यो स्कुटरमा डबल ब्याट्री स्पेस समेत दिइएको छ । जसअन्तर्गत, प्रयोगकर्ताले चाहेको खण्डमा अर्को ब्याट्री थपेर स्कुटरको रेन्ज बढाउन सक्नेछन् । आईपीएक्स ५ वाटरप्रुफ रहेको यो स्कुटर पानीमा पनि सहजै चलाउन सकिने कम्पनीले जनाएको छ ।

‘ई-१२५’ मा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्नेजस्ता फिचर उपलब्ध छन् । यो स्कुटर एकपटक पूर्णरुपमा चार्ज हुन छ घण्टा लाग्दछ ।

‘ई-१२५’ स्कुटरमा ७५ किलोमिटर प्रतिघण्टाको स्पिडमा अधिकतम ६०-१२० किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ । ब्याट्रीसहित यसको वजन ८८ किलोग्राम रहेको छ भने यो स्कुटरको अधिकतम भार क्षमता १५० किलोग्राम रहेको छ ।

यो स्कुटर सेतो र सिल्भर गरी दुई रङ्गमा उपलब्ध छ । १३५ एमएम अर्थात् ५.३२ इन्च ग्राउन्ड क्लियरेन्स रहेको यो स्कुटरले अधिकतम २०० एनएम टर्क उत्पादन गर्दछ ।

नेपाली बजारमा ‘ई-१००’ मोडलको मूल्य दुई लाख ९१ हजार रुपैयाँ रहेको छ भने ‘ई- १२५’ को मूल्य तीन लाख ९१ हजार रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२