काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने नीति अगाडि सारेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी साधनको व्यवस्थालाई थप सहज बनाउन काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चलानको विषयमा विस्तृत अध्ययन गर्ने उल्लेख गरेकी छन् ।
लामो समयदेखि चर्चामा रहेको यो विषयको अध्ययन आगामी आर्थिक वर्षमा अगाडि सार्न लागिएको हो ।