close

उद्योगमा नवप्रवर्तनलाई प्रोत्साहन गरिने

टेकपाना टेकपाना

जेठ १०, २०७९ १७:८

उद्योगमा नवप्रवर्तनलाई प्रोत्साहन गरिने

काठमाडौं । सरकारले उद्योगमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने भएको छ । मङ्गलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

उनले आगामी वर्षहरूमा तुलनात्मक लाभ भएका उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा वैदेशिक लगानी वृद्धि गराई साना तथा मझौला उद्यममा नवप्रवर्तन, सीपमूलक रोजगारी वृद्धि गर्ने कार्यलाई प्रोत्साहन गर्ने उनले उल्लेख गरेकी छन् ।

यसका साथै नेपाली उत्पादनको बजार विस्तार, मूल्य श्रृङ्खला विकासमार्फत उत्पादन तथा उपभोगलाई वृद्धि गराउने विषय समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यसैगरी आगामी दशकलाई ‘नेपाली उद्योग नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार’ भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक मनाइने समेत राष्ट्रपतिले उल्लेख गरेकी छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२