close

बढी भएको बिजुलीबाट नेपालमै हाइड्रोजन उत्पादन हुँदै

टेकपाना टेकपाना

जेठ १०, २०७९ २१:४८

बढी भएको बिजुलीबाट नेपालमै हाइड्रोजन उत्पादन हुँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब बढी भएको विद्युतबाट हाइड्रोजन उत्पादन गर्ने भएको छ । प्राधिकरणको ग्रिडमार्फत बढी भएको अतिरिक्त बिजुलीमार्फत इन्धन, ऊर्जा, युरिया र एमोनिया उत्पादन गरिने भएको हो ।

त्यसका लागि ग्लोबल ग्रिन ग्रोथ इन्सिच्युट (जीजीजीआई) र नेपाल विद्युत प्राधिकरण तथा काठमाडौं विश्वविद्यालयबीच छुट्टाछुट्टै सम्झौता भएको छ । ज

जीजीजीआई अन्तरसरकारी संस्था हो, जसले विभिन्न मुलुकमा हरित प्रविधिमा सहयोग गर्दै आएको छ ।

दिगो विकासको लक्ष्य पूरा गर्ने र हरित प्रविधिमा लगानी गर्दै आएको जीजीजीआईले यसका लागि सरकारलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने भएको हो ।

यसैअन्तगर्त संस्थाले हालै हाइड्रोजन उत्पादनमा लगानी गर्न विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयसँग छुट्टाछुट्टै सम्झौता गरेको हो ।

ग्रिन हाइड्रोजनमा अनुसन्धान गर्दै आएको काठमाडौं विश्वविद्यालयसँग प्राविधिक सहयोगका लागि र प्राधिकरणसँग ग्रिडमा बढी भएको विद्युतमार्फत हाईड्रोजन उत्पादनका लागि सम्झौता भएको जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२