close

‘डिजिटल हेल्थ’ कार्यक्रम ल्याउँदै सरकार, प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख राखिने

टेकपाना टेकपाना

जेठ १०, २०७९ १९:३३

‘डिजिटल हेल्थ’ कार्यक्रम ल्याउँदै सरकार, प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख राखिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि डिजिटल हेल्थ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

कार्यक्रम अन्तर्गत प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिने समेत उनले उल्लेख गरेकी छन् । 

त्यसैगरी विपि कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी एन्ड साइन्स म्युजियमको स्तरोन्नति गर्ने कार्यक्रम समेत आगामी आवको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२