close

गैरआवसीय नेपालीलाई डिजिटल परिचयपत्र

टेकपाना टेकपाना

जेठ ११, २०७९ ८:३

गैरआवसीय नेपालीलाई डिजिटल परिचयपत्र

काठमाडौं । सरकारले गैरआवसीय नेपालीलाई डिजिटल परिचयपत्र वितरण गर्ने भएको छ ।

मंगलबार संसदमा आव २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति विद्यादेवी भण्डारीले गैरआवसीय नेपालीलाई यस्तो परिचयपत्र वितरण गरिने जानकारी जानकारी दिइन् ।

साथै सरकारले विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने नीति लिने भएको छ ।

कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको सहकार्यलाई थप विस्तार गरिने र विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने योजना पनि ल्याइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२