close

ग्राहकको गुनासो सुन्न विद्युत प्राधिकरणले सुरु गर्‍यो कल सेन्टर

टेकपाना टेकपाना

जेठ ११, २०७९ ७:४७

ग्राहकको गुनासो सुन्न विद्युत प्राधिकरणले सुरु गर्‍यो कल सेन्टर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा आपूर्ति सम्बन्धी गुनासो तथा सूचना एवं जानकारी एकै स्थानबाट आदानप्रदान गर्न सकिने गरी कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका ग्राहकका लागि छुट्टै कल सेन्टर सञ्चालनमा ल्याएको हाे । यसबाट चौबिसैं घण्टा सेवा पाइने जनाइएको छ ।

‘काठमाडौं उपत्यकाभित्र विद्युत आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा विद्युत प्राधिकरणको हटलाइन ११५० मा फोन सम्पर्क गरी तत्पश्चात् १ अङ्क डायल गरेर कल सेन्टरमा जानकारी गराई सेवाको लाभ लिनुहुन अनुरोध छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२