close

लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्न सीसीटीभी जडान

टेकपाना टेकपाना

जेठ ११, २०७९ ८:२६

लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्न सीसीटीभी जडान

काठमाडाैं । लागूऔषध ओसारपसार तथा काराेबार नियन्त्रणका लागि नवलपुरका मुख्य नाकाहरूमा सीसीटीभी जडान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भारतीय नाकानजिक रहेका कारण लागूऔषध ओसारपसार तथा काराेबार समस्या बढ्दै गएपछि अत्याधुनिक प्रणालीसहितको सीसीटीभी जडान गरिएको नवलपुर प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।

यस्ता गतिविधि निगरानीका लागि गैँडाडाकोटको नारायणी पुल र दुम्कीवासमा सीसीटीभी जडान गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय पोखराले आफ्नो प्रदेशको प्रवेश नाकाहरूमा सुरक्षा व्यवस्था कडा बनाउँदै सडकमा हुने दुर्घटना न्यूनीकरण गर्न अत्याधुनिक सीसीटीभी जडानमा सहयोग गरेकाे हो ।

यो प्रविधिसहितको क्यामेरा जिल्लामै पहिलो पटक जडान गरिएको बताउँदै महर्जनले भने, ‘तीनवटा क्यामेरामा डेटा रेकर्ड १५ देखि १८ दिनसम्म स्टोर गर्ने क्षमता छ ।’

अहिले जडान गरिएको ठाउँबाट डेढदेखि दुई सय मिटरसम्म पनि क्लियर अब्जेक्ट दिने गरेको उनले बताए ।

-गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२