close

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकका लागि दरखास्त माग

टेकपाना टेकपाना

जेठ १३, २०७९ १६:४०

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकका लागि दरखास्त माग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकका लागि दरखास्त माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले विगत एक महिनादेखि रिक्त रहेको पदमा दरखास्त माग गरेको हो ।

यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकमा हाल नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम) का प्रबन्ध निर्देशक सुनिल पौडेल कार्यरत थिए । पौडेललाई गएको चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा सिफारिस गरेको थियो ।

पौडेल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै रिक्त रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकका लागि सरकारले दरखास्त आह्वान गरेको हो । मन्त्रालय जारी गरेको दरखास्त सूचना अनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका व्यक्तिले सूचना प्रकाशित भएको १२ दिनभित्र आवेदन दिनसक्ने जनाइएको छ ।

यसका लागि कम्प्युटर इन्जिनियरिङ, विज्ञान, अर्थशास्त्र वा वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्रिर्ण भएको हुने पर्ने जनाइएको छ । साथै सूचना प्रविधि सम्बन्धी विषयमा कम्तीमा एक वर्षको तालिम र कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२