close

सुरु भयो नेपाल ई-स्पोर्टस च्याम्पियनशिपको टिम दर्ता, विजेताले नेपालको प्रतिनिधित्व गर्न पाउने

टेकपाना टेकपाना

जेठ १३, २०७९ २०:३६

सुरु भयो नेपाल ई-स्पोर्टस च्याम्पियनशिपको टिम दर्ता, विजेताले नेपालको प्रतिनिधित्व गर्न पाउने

काठमाडौं । नेपाल ई-स्पोर्टस एसोसियसनको आयोजनामा हुन लागेको नेपाल ई-स्पोर्टस च्याम्पियनशिपका लागि टिम दर्ताको काम सुरु भएको छ । राष्ट्रिय स्तरको याे गेमिङ प्रतिस्पर्धामा डोटा-टु, टेकन-सेभेन, पब्जी मोबाइल, मोबाइल लेजेन्ड, काउन्टर स्ट्राइक लगायतका गेममा प्रतिस्पर्धा हुनेछ ।

पब्जी मोबाइलको टिम दर्ता गर्ने अन्तिम मिति मे ३१ सम्मलाई तोकिएको छ भने टेकन-सेभेन, मोबाइल लेजेन्ड खेलाडीले जुन ४ सम्म टिम दर्ता गर्न सक्नेछन् । डोटा-टुको हकमा भने दर्ता मिति जुन ३ सम्म तोकिएको छ । त्यस्तै काउन्टर स्ट्राइकको लागि टिम दर्ताको अन्तिम मिति जुन १० राखिएको छ ।

प्रतियोगिताका हरेक खेलका जित्ने टिमले क्षेत्रीय छनाैट खेल्ने अवसर पाउने छन् । क्षेत्रीय प्रतियाेगिता पनि जितेको खण्डमा इन्डोनेसियामा हुने ई-स्पोर्टस च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गर्ने मौका मिल्नेछ । टिम दर्ताको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२