close

नेपाली बजारमा ब्राभो ईभीको नयाँ स्कुटर, सिंगल चार्जमा २०० किलोमिटर गुड्ने

टेकपाना टेकपाना

जेठ १४, २०७९ १६:७

नेपाली बजारमा ब्राभो ईभीको नयाँ स्कुटर, सिंगल चार्जमा २०० किलोमिटर गुड्ने

काठमाडौं । नेपाली बजारमा चिनियाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड जम्बो ईभीको ‘ब्राभो इलेक्ट्रिक स्कुटर’ भित्रिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता जम्बो मोटर्स प्राइभेट लिमिटेडले उक्त स्कुटर भित्र्याएकाे हो ।

कम्पनीले पहिलो चरणमा नेपाल ल्याएको स्कुटर परीक्षणका लागि भएको र अन्य स्कुटर पनि छिट्टै सार्वजनिक गर्ने कम्पनीका निर्देशक विनोद न्यौपानेले जानकारी दिएका छन् ।

हब मोटर जडान भएको यो विद्युतीय स्कुटरको मूल्य भने केही दिनभित्र निर्धारण गरिने उनले बताए ।

३ किलोवाट क्षमताको मोटर जडान गरिएको जम्बो ब्राभोमा दुई ओटा ब्याट्री विकल्प दिएको छ, जसअन्तर्गत, २० एम्पिएर ७२ भोल्ट र ४० एम्पिएर ७२ भोल्टको ब्याट्री विकल्प उपलब्ध छ ।

यो विद्युतीय स्कुटरमा डबल ब्याट्री विकल्प समेत दिइएको छ । यदि प्रयोगकर्ताले चाहेको खण्डमा थप एउटा ब्याट्री राख्न सक्नेछन् ।

स्कुटरले एक पटकको पूर्ण चार्जमा सिङ्गल ब्याट्रीबाट १०० किलोमिटर अधिकतम रेन्ज दिन्छ भने डबल ब्याट्रीबाट २०० किलोमिटर अधिकतम रेन्ज दिने कम्पनीले जनाएको छ ।

फास्ट चार्जिङ सपोर्ट गर्ने यो विद्युतीय स्कुटर पूर्णरुपमा चार्ज हुन अधिकतम दुई घण्टा लाग्छ भने नर्मल चार्जरदेखि चार घण्टा समय लाग्दछ ।

कम्पनीका अनुसार यसमा २१ हजार ७०० सेलको एडभान्स ब्याट्री रहेको छ भने ब्याट्रीमा दुई वर्षको वारेन्टी समेत दिएको छ ।

यो स्कुटरमा टीएफटी डिस्प्ले, की लेस स्टार्ट, बाइडर टायर, टेलिस्कोपिक सस्पेन्सन, एलईडी लाइट्स, डिस्क ब्रेकजस्ता सुविधा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४