काठमाडौं । बिहीबार रातिदेखि राहदानी विभागको अनलाइन आवेदनमा आएको समस्या समाधान भएको छ । वेबसाइटमा समस्या आउँदा नयाँ आवेदन दिन, नवीकरण गर्न र हराएको आवेदन दिने प्रक्रिया राेकिएकाे थियाे ।
सफ्टवेयर अपडेट गर्ने क्रममा प्रि-इनरोलमेन्ट पोर्टलमा प्राविधिक समस्या देखिएको विभागले बताएको थियो ।
बिहीबार रातिदेखि राहदानी नवीकरण गर्न र हराएको आवेदन दिने अप्सनमा क्लिक गर्दा ‘सर्भर एरर’ भनेर देखाइएको बताए पनि शुक्रबार दिउँसोदेखि भने प्रि-इनरोलमेन्टको पोर्टलमा क्लिक गर्ने बित्तिकै ‘इन्टर्नल सर्भर एरर’ भनेर देखाइरहेको थियो ।
अहिले भने समस्या समाधान भइसकेको छ । सेवाग्राहीले सहजै आवेदन दिन सक्नेछन् ।
हाल सेवाग्राहीको चापलाई पनि मध्यनजर गर्दै विभागले सार्वजनिक विदा, आइतबारको दिन पनि विभाग खुल्लै हुने र बिहान १० बजेदेखि दिउसो ४ बजे सम्मको समयमा दिने सेवा यथावत् रहने बताएको छ ।