close

माइक्रोसफ्टसँग प्रयोगकर्ताको ट्र्याकिङ गर्ने सम्झौता भएको भन्दै डकडकगोको आलोचना

टेकपाना टेकपाना

जेठ १५, २०७९ ९:४१

माइक्रोसफ्टसँग प्रयोगकर्ताको ट्र्याकिङ गर्ने सम्झौता भएको भन्दै डकडकगोको आलोचना

काठमाडौं । माइक्रोसफ्टसँग प्रयोगकर्ताको ट्र्याकिङ सम्झौता गरेको खुलासा भएपछि गोपनीयताको सुरक्षाको लागि चर्चित डकडकगो आलोचना सुरु भएको छ ।

सुरक्षा अनुसन्धानकर्ता ज्याक एडवर्ड्सले डकडकगोको मोबाइल ब्राउजरले केही माइक्रोसफ्ट साइटहरूलाई ट्र्याकरहरूमा यसको ब्लक बाइपास गर्न अनुमति दिएको बताएका छन् ।

एडवर्ड्सका अनुसार ब्राउजरले डेटालाई माइक्रोसफ्टको लिंक्डइन र बिग डोमेनहरूमा पठाउन अनुमति दिन्छ । डकडकगोले माइक्रोसफ्टसँगको ट्रयाकिङ सम्बन्धी सम्झौताको कारण यो छुट दिएको बताएको छ ।

यो कुरालाई डकडकगोका सीईओ गेब्रिएल विंगबर्गले पनि स्वीकार गरेका छन् । उनले माइक्रोसफ्टसँग भएको कम्पनीको सम्झौताका कारण आफूहरूले माइक्रोसफ्टको केही एपहरूमा ट्रयाकिङ रोक्न नसकेको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४