close

साढे १३ हजार विद्यालयमा कम्प्युटर सुविधा, आईसीटी ल्याब हुने विद्यालयको सङ्ख्या झन्डै ३२०० 

टेकपाना टेकपाना

जेठ १५, २०७९ १५:२३

साढे १३ हजार विद्यालयमा कम्प्युटर सुविधा, आईसीटी ल्याब हुने विद्यालयको सङ्ख्या झन्डै ३२०० 

काठमाडौं । देशका १३ हजार पाँच सय ५९ सामुदायिक विद्यालयमा कम्प्युटर सुविधा पुगेको छ । शनिबार केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

सर्वेक्षण अनुसार मुलुकभर सञ्चालित २६ हजार चार सय ५४ सामुदायिक विद्यालयमध्ये २०७८ फागुन मसान्तसम्म ५१ दशमलव ३ प्रतिशत विद्यालयमा यस्तो सुविधा पुगेको छ ।

कम्प्युटर सुविधा पुगेकामध्ये आठ हजार ६७६ विद्यालयहरूले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन् ।

चालु आर्थिक वर्षमा विद्यालय क्षेत्र विकास कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीन हजार १९३ माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला अर्थात् आईसीटी ल्याब स्थापना तथा स्तरोन्नति गरिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४