close

प्रयोगकर्ताको डेटा बेचेपछि ट्वीटरलाई साढे १८ अर्ब जरिवाना

टेकपाना टेकपाना

जेठ १५, २०७९ १५:९

प्रयोगकर्ताको डेटा बेचेपछि ट्वीटरलाई साढे १८ अर्ब जरिवाना

काठमाडौं । प्रयोगकर्ताको डेटा बेचेको आरोपमा ट्वीटरलाई १५ करोड डलर (१८ अर्ब ५७ करोड रुपैयाँ) जरिवाना तिराइएको छ । अमेरिकाको फेडरल ट्रेड कमिसनका अनुसार ट्वीटरले नियामकहरूसँग गरेको सम्झौतालाई तोड्दै प्रयोगकर्ताको डेटा बेचेको पाइएको हो ।

नियामक निकायसँग ट्वीटरले प्रयोगकर्ताको फोन नम्बर, ईमेल आईडी लगायतका विवरण कुनै पनि विज्ञापनकर्ताहरूलाई बिक्री नगर्न भनेर सम्झौता गरेको थियो ।

तर कम्पनीले यो नियम उल्लंघन गरेको नियामकले बताएको छ । यसअघि पनि कम्पनीले युरोपको गोपनीयता सम्बन्धी नियम उल्लंघन गरेको भन्दै जरिवाना तिर्नुपरेको थियो ।

ट्वीटरले आफ्नो धेरैजसो आम्दानी विज्ञापनबाट नै कमाइरहेको हुन्छ । ट्वीटरलाई लगाइएको आरोपमा कम्पनीले सन् २०१३ देखि प्रयोगकर्ताको फोन नम्बर वा ईमेल आईडी माग्ने गरेको छ, जसको दुरुपयोग कम्पनीले गरेको बताइएको छ ।

सुरक्षाको नाममा मागिएको उक्त विवरणलाई कम्पनीले गोप्य राख्न नसकेको पनि आरोप लगाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४