close

४४ सरकारी निकायको आईटी सेक्युरिटी अडिट सम्पन्न 

टेकपाना टेकपाना

जेठ १५, २०७९ १५:४०

४४ सरकारी निकायको आईटी सेक्युरिटी अडिट सम्पन्न 

काठमाडौं । सरकारका ४४ निकायको सूचना प्रविधि प्रणालीको सुरक्षण परीक्षण (आईटी सेक्युरिटी अडिट) सम्पन्न भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले शनिबार साँझ सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणले यो विषयमा जानकारी दिएको हो ।

यसबाट सरकारी निकायका सूचना प्रविधि प्रणालीलाई सुरक्षित, भरपर्दो बनाउन र साइबर सुरक्षाको चुनौती न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

सरकारी निकायका सूचना प्रविधि प्रणालीलाई थप भरपर्दो र एक आपसमा अन्तर आवद्ध हुने गरी निर्माण र सञ्चालन गर्न सुरु गरेको छ ।

त्यसका लागि सरकारी उद्यम परीक्षण (जीईए) मापदण्ड, निर्देशिका र आर्टी फ्याक्ट्री रेस्पिरेटोरी तयार पारी कार्यान्वयनमा ल्याइएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४