close

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने सकारको घोषणा

टेकपाना टेकपाना

जेठ १५, २०७९ १८:२८

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने सकारको घोषणा

सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत  गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । 

‘साइबर सुरक्षाको सुनिश्चितता, २१औँ शताब्दीको आवश्यकता’को अवधारणा अनुरूप राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिनेछ,’ उनले भने, ‘साइबर सुरक्षाको अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, डिजिटल फरेन्सिक अनुसन्धान सम्बन्धी अधिकार सम्मन्न निकायको रुपमा यसलाई विकास गरिनेछ ।’

मन्त्री शर्माले नेपाल सरकारले विद्युतीय प्रणालीको साइबर सुरक्षा परीक्षण गर्ने व्यवस्था समेत मिलाउने बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४