close

साइबर अपराध नियन्त्रण गर्न कानून सुधारसँगै संलग्न जनशक्तिको क्षमता अभिवृद्धि गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७९ १८:४६

साइबर अपराध नियन्त्रण गर्न कानून सुधारसँगै संलग्न जनशक्तिको क्षमता अभिवृद्धि गरिने

काठमाडौं । सरकारले साइबर अपराध नियन्त्रण गर्न विद्यमान व्यवस्थामा समायानुकुल  सुधार गरी संस्थागत क्षमता विकास गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यससँगै संलग्न हुने जनशक्तिको क्षमता विकास गरी अनुसन्धान र विश्लेषणलाई प्रभावकारी बनाउने समेत बताए ।

‘त्यसका लागि आवश्यक उपकरणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु,’ आइतबार सङ्घीय संसद्‌लाई सम्बोधन गर्दै उनले भने ।

यस्तै अध्यागमन सेवालाई अध्याधुनिक र डिजिटलाइज गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने र नेपाल भित्रिने विदेशी नागरिकको बायोमेट्रिक सहितको अभिलेख विद्युतीय प्रणालीमा अध्यावधी गर्ने कार्यक्रम समेत सरकारले बनाएको छ ।

साथै यात्रुको सूचना अग्रिम रूपमा प्राप्त हुने सूचना प्रणाली विकास गरी प्रयोगमा ल्याउने कार्यक्रम समेत अर्थमन्त्रीले सार्वजनिक गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४