close

दुई वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र

टेकपाना टेकपाना

जेठ १५, २०७९ १८:४२

दुई वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं । आगामी दुई वर्षभित्र सरकारले सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार आगामी आर्थिक वर्षमा थप २० लाख नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ ।

यस्तै वैयक्तिक सूचना प्रणालीलाई भरपर्दो र व्यवस्थित बनाउन व्यक्तिगत घटना दर्तालाई विद्युतीय प्रणालीमा आवद्ध गर्ने र सबै वडासम्म विस्तार गर्ने कार्यक्रम समेत सरकारले तय गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४