काठमाडौं । अब सरकारले नेपालमा रहेर विदेशमा भएका कम्पनीको व्यक्तिलाई सूचना प्रविधि सम्बन्धी कुनै पनि प्रकारको सेवा दिएर विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई एक प्रतिशत कर लगाउने भएको छ ।
आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सूचना प्रविधि सम्बन्धी सेवा दिएर विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई एक प्रतिशत कर लगाउने उल्लेख गरे ।
‘नेपालबाहिर सफ्टवेयर, विद्युतीय सेवा, बिजनेस प्रोसेस/आउटसोर्सिङ वा यस्तै प्रकृतिका सूचना प्रविधिमा आधारित सेवा प्रदान गरि विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई सो बमोजिमको आयमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री शर्माले बताए ।