close

थप प्रयोगकर्तामाझ उपलब्ध भयो ट्वीटर सर्कल

टेकपाना टेकपाना

जेठ १६, २०७९ १०:५

थप प्रयोगकर्तामाझ उपलब्ध भयो ट्वीटर सर्कल

काठमाडौं । एक महिना अघि ट्वीटरले ‘सर्कल’ सार्वजनिक गरेको थियो । सेवा सुरु हुँदा केही सीमित प्रयोगकर्तामाझ मात्रै यो फिचर उपलब्ध भएको थियो । तर, अब भने यो फिचर धेरै प्रयोगकर्ता माझ उपलब्ध भएको छ ।

ट्वीटर सर्कल इन्स्टाग्रामको ‘क्लोज फ्रेण्ड’ जस्तै फिचर हो । जसमार्फत प्रयोगकर्ताले तोकिएको समुहलाई मात्रै लक्षित गरेर ट्वीट गर्न सक्छन् । यसको अर्थ तपाईंले गरेको ट्वीट सम्बन्धित ग्रुपमा रहेका सदस्यले मात्रै देख्नेछन् ।

यो फिचर यही मे महिनाबाट सुरु भएको भएपनि हालसम्म केही प्रयोगकर्तालाई मात्रै उपलब्ध थियो । तर, अब भने थप प्रयोगकर्तालाई उपलब्ध भएको बताइएको छ । यदि तपाईं पनि यो फिचर आफूलाई उपलब्ध छ वा छैन् भनी जान्न चाहनुहुन्छ भने ट्वीटरको नयाँ भर्सन प्रयोग गर्न आवश्यक छ ।

नयाँ भर्सन प्रयोग गर्दैमा यो फिचर उपलब्ध हुन्छ भन्ने पनि छैन् । किन भने अझै पनि यो फिचर परीक्षणकै क्रममा रहेको छ । तर, पनि कम्पनीले धेरै प्रयोगकर्तामाझ यो फिचर उपलब्ध गराएकाले तपाईंलाई पनि उपलब्ध हुन सक्छ ।

यदि यो फिचर उपलब्ध भएको खण्डमा तपाईंले ट्वीट गर्नु अघि ‘एभ्रिवान’ र ‘ट्वीट सर्कल’ मध्ये कुनै एउटा विकल्प छनोट गर्न पाउनु हुनेछ । साथै सर्कलमा रहेका मध्ये पनि कसैलाई जानकारी दिनुछैन भने आवश्यक अनुसार सर्कल इडिट गर्न समेत सकिने जनाइएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४