काठमाडौं । गुगल डक्सले विशेषगरी माइक्रोसफ्ट वर्डको काम गर्छ । यसलाई गुगल प्ले स्टोरबाट डाउनलोड गरेर फोनबाट पनि प्रयोग गर्न सकिन्छ ।
तपाईंले गुगल डक्सको इडिटिङ टुलका माध्यमबाट पीडीएफ फाइललाई सम्पादन गर्न सक्नुहुन्छ । यदि तपाईंलाई कुनै पनि पीडीएफ फाइलमा टेक्स्ट, तस्बिरहरू, चार्ट र अन्य थुप्रै कुराहरू थप्नु वा हटाउनुपर्यो भने गुगल डक्सबाट सम्पादन गर्न सकिन्छ ।
आज हामी गुगल डक्सका माध्यमबाट कसरी कुनै पनि पीडीएफ फाइललाई सम्पादन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।
पीडीएफलाई गुगल डक्सका माध्यमबाट सम्पादन गर्न सबैभन्दा पहिले पीडीएफ फाइललाई गुगल ड्राइभमा अपलोड गर्नुपर्छ । यदि तपाईं गुगल ड्राइभमा नयाँ हुनुहुन्छ भने यसरी गुगल ड्राइभलाई सेटअप गर्न सक्नुहुन्छ ।
दायाँपट्टि माथिल्लो भागमा रहेको न्यू अप्सनमा गएर क्लिक गर्नुहोस् ।
त्यसपछि फाइल अपलोडमा क्लिक गर्नुहोस् ।
त्यसपछि तपाईंको कम्प्युटरमा भएको पीडीएफ फाइललाई सेलेक्ट गरेर ओपनमा क्लिक गर्नुहोस् ।
त्यसपछि पीडीएफ फाइल ड्राइभमा अपलोड हुन्छ । अबको प्रक्रिया भनेको त्यसलाई इडिट गर्ने हो ।
तपाईंले पीडीएफ फाइललाई गुगल ड्राइभमा अपलोड गरिसकेपछि अब त्यसलाई सम्पादन गर्न सक्नुहुन्छ । त्यसमा इडिट गर्दा तपाईंले खोजेकै तरिकाले एडिट गर्न नसकिएला । तर, धेरै भाग इडिट गर्न सकिन्छ ।
पीडीएफ बनाउँदा शब्दहरू कसरी टाइप गरेको छ भन्ने कुरा पनि त्यसमा महत्वपूर्ण हुने गर्छ । फाइल गुगल ड्राइभमा अपलोड गरिसकेपछि त्यसलाई गुगल ड्राइभको माई ड्राइभ सेक्सनमा देख्न सक्नुहुन्छ ।
त्यहाँ दोस्रोमा देखिएको ओपन वित (Open with) भन्ने अप्सनलाई सेलेक्ट गर्नुभयो भने छेउमा गुगल डक्सको विकल्प देख्न सकिन्छ । त्यसमा क्लिक गर्दा पीडीएफ फाइल गुग; डक्समा खुल्छ ।
त्यसपछि पीडीएफ फाइललाई डगुगल डक्स मार्फत सम्पादन गरेर सेभ वा डाउनलोड गर्न सकिन्छ ।