close

विद्युतीय कारमा थपियो भन्सार र अन्तःशुल्क, कुनमा कति ? 

टेकपाना टेकपाना

जेठ १६, २०७९ १६:५२

विद्युतीय कारमा थपियो भन्सार र अन्तःशुल्क, कुनमा कति ? 

काठमाडौं । सरकारले नेपालमा विद्युतीय कार महंगो हुनेगरी भन्सार दर बढाएको छ भने अन्तःशुल्क समेत लाग्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले १०० किलोवाट आवारभन्दा माथिका क्षमताका सवारीमा चर्को अन्तःशुल्क थप गरेको हाे । भन्सार दरमा पनि उल्लेख्य वृद्धि गरिएको छ । 

१०० किलोवाट आवरसम्म क्षमता भएका सवारी साधनमा भने करको दर वृद्धि गरिएको छैन । यो क्षमताको विद्युतीय कारमा १० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि करमात्रै लाग्छ ।

नयाँ बजेटले १०० देखि २०० किलोवाट आवर क्षमता भएका विद्युतीय सवारीमा भन्सार दर १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु¥याएको छ । यस्ता सवारीमा भन्सार दरबाहेक थप ३० प्रतिशत अन्तःशुल्क समेत लाग्नेछ । 

यस्तै, दुईसयदेखि तीनसय किलोवाट आवर क्षमताका विद्युतीय कारमा भन्सार दर ३० प्रतिशतबाट ४५ प्रतिशत पुर्‍याइएकाेछ । यो क्षमताको विद्युतीय कारमा भन्सार शुल्कबाहेक थप ४५ प्रतिशत अन्तःशुल्क समेत लाग्नेछ । 

३०० किलोवाट आवरभन्दा बढी क्षमताको विद्युतीय कारमा लाग्दै आएको भन्सार दर ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत बनाइएको छ । यसमा थप ६० प्रतिशत अन्तःशुल्क समेत लाग्नेछ । 

चालू आर्थिक वर्षमा विद्युतीय सवारीमा अन्तःशुल्क लगाइएको थिएन । तर, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय कारमा समेत अन्तःशुल्क लगाउने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै १०० किलोवाट आवर क्षमता माथिका विद्युतीय कारको मूल्य बढ्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४