काठमाडौं । रियलमीले आउँदो मंगलबार विश्व बजारमा रियलमी जिटी नियो थ्रीटी सार्वजनिक गर्ने भएको छ । १२० हर्ज रिफ्रेस रेटसहित ६.६२ इन्च एफएचडी ई४ एमोलेड डिस्प्लेसहित याे फाेन सार्वजनिक हुन लागेकाे हाे ।
स्न्यापड्रागन ८७०, यूएफएस ३.१ चिपसेटद्वारा सञ्चालित फोनमा एन्ड्रोइड १२ भर्जन उपलब्ध हुनेछ ।
फाेनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेकाे छ । त्यस्तै १६ मेगापिक्सेलको सेल्फी क्यामेरा हुनेछ ।
५००० एमएएच ब्याट्री क्षमता भएको फोनले ८० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने बताइएको छ ।
यसको मूल्य कति हुनेछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी भने दिएकाे छैन ।