काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले ‘बाई नाउ, पे लेटर’ सेवा ल्याउने भएकाे छ । आफूसँग आबद्ध बैंकका प्रयोगकर्ताका लागि नेप्सले पहिले खरिद गरेर पछि तिर्न सकिने सेवा ल्याउन लागेकाे हाे ।
यो सेवा अन्तर्गत बैंकले प्रयोगकर्ताको मोबाइल बैंकिङमार्फत एउटा सीमित रकमसम्मको खर्च गर्नसक्ने सुविधा दिन सक्नेछन् ।
यो विशेषगरी तलबी कर्मचारीहरूको लागि ल्याउन लागिएको नेप्सका सीईओ सञ्जीव सुब्बाले बताए ।
प्रयोगकर्ताले आफ्नो तलब नआउँदासम्म मोबाइल बैंकिङ मार्फत उधारोमा पैसा खर्च गर्न सक्नेछन् । जुन रकम तलब आएपछि बैंक खाताबाट काटिनेछ ।