close

सोर्स कोड चोरी गरी आर्थिक लाभ लिएको अभियोगमा सिग्देल पक्राउ

टेकपाना टेकपाना

जेठ १९, २०७९ १८:२०

सोर्स कोड चोरी गरी आर्थिक लाभ लिएको अभियोगमा सिग्देल पक्राउ

काठमाडौं । सोर्स कोड (कम्प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुर्‍याई चोरी गरी आर्थिक लाभ लिने मनसायले नेपालका केही स्थानीय तहहरूमा उक्त सफ्टवेयर बिक्री वितरण गरेको भन्दै प्रहरीले ३५ वर्षीय सन्तोष सिग्देललाई पक्राउ गरेको हो ।

तनहुँ घर भएका सिग्देलले ललितपुर सानेपामा म्याट्रिक्स सफ्टेक नामकाे आईटी कम्पनी सञ्चालन गर्दै आएका छन् ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट बुधबार पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएकाे नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३