close

साइबर सुरक्षामा निःशुल्क वर्कशप हुँदै

टेकपाना टेकपाना

जेठ २२, २०७९ १८:३४

साइबर सुरक्षामा निःशुल्क वर्कशप हुँदै

काठमाडौं । साइबर सुरक्षा कम्पनी भैरव टेक्नोलोजी सेक्युरिटी प्रालिले साइबर सुरक्षासम्बन्धी एक दिने वर्कशप गर्ने भएकाे छ । यसअघि विभिन्न संस्थालाई वर्कशप उपलब्ध गराइसकेको कम्पनीले पुनः दुई समूह गरी निःशुल्क वर्कशप गर्न लागेकाे हाे ।

टेकपानासँग कुरा गर्दै भैरव टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय लिम्बुले भने, ‘हामीले पहिलो चरणमा विभिन्न ठूला तथा मझौला संस्थाका लागि वर्कशप सम्पन्न गरिसकेका छौं । अब दोस्रो र तेस्रो चरणका लागि साना तथा मझौला उद्यमीहरू, कलाकार तथा मिडियालाई साइबर सुरक्षासम्बन्धी निःशुल्क वर्कशप गर्दै छौं ।’

कार्यक्रमका सहभागीले आफ्नो व्यवसायमा कस्ता सुरक्षाका चुनौतीहरू आउँछन् र तिनलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराबारे जानकारी र त्यसको समाधानकाे उपाय पाउने उनले बताए ।

कार्यक्रममा सहभागी हुन इच्छुक उद्यमी, कलाकार तथा मिडियाले यो ईमेल ठेगानामा सम्पर्क राख्नुपर्ने छ । त्यसपछि आयोजकले कार्यक्रम कहिले र कहाँ हुने भन्ने कुरा जानकारी दिनेछ ।

सो कार्यक्रम करिब पाँच घण्टाको हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३