टेकपाना
जेठ २३, २०७९ ७:२१
काठमाडौं । सोलुखुम्बुमा केही दिनदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ ।
करिब तीन दिनयता टेलिकमको मोबाइल नेटवर्कमा फोन लाग्न गाह्रो हुने, आवाज प्रस्ट नसुनिने, फोन काटिनेलगायतका समस्या देखिएको प्रयोगकर्ताले बताएका छन् ।
घाम लागेको समयमा केही कम भएपनि मौसम धुम्मिएसँगै नेटवर्कको समस्या बढी देखिने गरेको छ ।
जिल्लाको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा देखिएको उक्त समस्या सोताङ, नेले, गोरा, टाप्टिङलगायतका स्थानमा पनि देखिएको प्रयोगकर्ताहरूको भनाइ छ ।
नेपाल टेलिकम शाखा कार्यालय सल्लेरी भने समस्याको विषयमा बेखबर देखिएको छ । -गाेरखापत्र
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३